युवक र युवती १० दिनसम्म सँगै कैदमा परे, थुनिएकै बेला माया बसेपछि बिहे भयो !

डिसी नेपाल
२५ पुष २०७९ १६:४५

काठमाडौं । ‘ब्लाइन्ड डेट’ मा भेटेका दुई जना कोरोना लकडाउनका कारण फ्ल्याटमा फसे । त्यसपछि दुबै जना १० दिन क्वारेन्टाइनमा बसे । त्यसपछि यो जोडीले २६ डिसेम्बरमा विवाह गरे । दुवैको प्रेमकथाको चीनमा निकै चर्चा भइरहेको छ । यो जोडीले यसै साता नै आफ्नो सम्बन्ध सार्वजनिक गरेका छन् ।

यद्यपि चिनियाँ सञ्चारमाध्यमले ती जोडीको परिचय भने खुलाएका छैनन् । तर यो जोडी चार महिनाअघि पहिलो पटक भेटेको बताइएको छ । अगस्टमा ती युवक शेन्जेन प्रान्तबाट हाइनान प्रान्तको सान्यामा रहेको युवतीको घरमा ‘ब्लाइन्ड डेट’ मा गएका थिए।

युवक युवतीको घर पुग्दा कोरोनाका बिरामी बढेकाले दम्पतीलाई दश दिनसम्म फ्ल्याटमा क्वारेन्टाइनमा राखिएको थियो । जोडीले क्वारेन्टाइन अवधिको धेरै भिडियोहरू पनि बनाए। भिडियोमा युवक भान्सामा खाना पकाउँदै गरेको देखिएका छन्, दुवै एकअर्कासँग खुसी देखिन्छन् ।

दम्पतीले भने कि हामी दुबै जना १० दिन सँगै बस्यौं र यस क्रममा एकअर्काप्रति गहिरो भावना थियो । क्वारेन्टाइन अवधि सकिएपछि छुट्टिएर बस्दा कसैलाई गुमाएजस्तो भएको ती युवतीले बताइन् । जोडीले ‘लङ डिस्टेन्स रिलेशनशिप’ पनि खोजे । युवतीले आफ्नो प्रेमीसँग छुट्टिएर बस्न नसकेको बताइन् । त्यसपछि उनी सेन्जेनमा सरिन् र युवकसँग बस्न थालिन् । दुवैले डिसेम्बर २६ मा सेन्जेनस्थित रजिस्ट्री अफिसमा विवाह गरेका थिए ।

यो जोडीको भाइरल प्रेमकथामा धेरै प्रयोगकर्ताले टिप्पणी गरेका छन् । एकजनाले लेखेका छन्, ‘यो नियति थियो, जसका कारण दुवै जना भेट्न पाए।’ कमेन्ट गर्दै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो गजबको प्रेमकथा हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *