चितवनको अमलटारीमा गैँडा मृत फेला

डिसी नेपाल
२५ पुष २०७९ २१:२५
16
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैँडा मृत फेला परेको छ । कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।

गैँडा बूढो भएर मरेको हुनसक्ने उनले बताए । चालु आर्थिक वर्षमा सातवटा गैँडा मरेको निकुञ्जले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *