बम राखेर करोडौं फिरौति मागेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
२६ पुष २०७९ २०:०४
200
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित ईन्द्रेणी कम्प्लेक्समा ११ वर्ष अघि बम राखेर करोडौ फिरौति मागेको आरोपमा एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौले ललितपुरको गोदावरी नगरपालिकाका अन्दाजी ३५ वर्षीय महेश केसी खत्री लाई ११ वर्षपछि पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उनलाई ललितपुरको चापागाउँबाट पक्राउ गरिएको हो । एसपी मैनालीका अनुसार उनीसहितका चार जनाले २०६८ मा ईन्द्रेणी कम्प्लेक्समा बम राखेर ३ करोड रुपैया माग गरेका थिए ।

प्रहरीका अनुसार इन्द्रणी कम्प्लेक्सका सञ्चालक शम्भु भन्ने दिलबहादुर श्रेष्ठलाई फोनमार्फत् ३ करोड रुपैयाँ फिरौती माग गरेको र नदिएमा कम्प्लेक्स विष्फोट गर्ने चेतावनी दिएपछि बम राखेर फरार भएका थिए ।

उनीहरुले कम्प्लेक्समा विष्फोट गराउन बम राखिएको सूचनापछि नेपाली सेनाको टोलीले घटनास्थलमा गएर बम निष्क्रिय पारेको थियो । प्रहरीका अनुसार अझै ३ जना फरार रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *