कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

डिसी नेपाल
२८ पुष २०७९ १७:१७
24
Shares

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले राईनास नगरपालिका ९ बस्ने वर्ष ४२ का बेलराम गुरुङलाई पक्राउ गरेको हो । ०७४ मंसिर ११ गते राति साढे ९ बजेको समयमा लमजुङ राईनास नगरपालिका ९ कुडुले बस्ने वर्ष ५४ को हितमान श्रेष्ठलाई चिरपाट दाँउरा(काठ) टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी निज घटनापश्चात फरार रहेका थिए ।

घटनालगत्तै फरार रहेका प्रतिवादी चितवन जिल्लातर्फ लुकिछिपी बसेको हुन् सक्ने विशेष रुपमा सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले निज प्रतिवादी बेलराम गुरुङलाई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ विजयनगरस्थित लुकिछिपी बसेको अबस्थामा बुधबार पक्राउ गरेको हो ।

प्रतिवादी चितवन बस्दाको समयमा निजले आफ्नो नाम र ठेगाना समेत परिवर्तन गरि बसेका थिए । पक्राउ परेका प्रतिवादीलाई लमजुङ जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिई निज उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसूरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने कानुनी व्यवस्था छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *