उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

डिसी नेपाल
२९ पुष २०७९ ७:५३
112
Shares

लण्डन। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार मन्त्री पौडेलले ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन्।

आइतवार साँझ नेपाली समय ५ बजे पछि भर्चअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा.उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसद सहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.