सोलार फार्मले २० लाख कित्ता आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

डिसी नेपाल
१ माघ २०७९ १०:००
104
Shares

काठमाडौँ। सोलार फार्म लिमिटेडले २० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँबराबरको आइपिओ जारी गर्ने लागेको हो। कम्पनीले यो आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले आइपिओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त गरेको छ। सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आषबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सोलार फार्म लिमिटेडको अधिकृत पुँजी ६५ करोड रूपैयाँ, जारी पुँजी. ६५ करोड रूपैयाँ तथा चुक्ता पूँजी ४५ करोड रूपैयाँ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.