सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

डिसी नेपाल
१ माघ २०७९ १०:४७
1.1k
Shares

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ।  आज आइतबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार  रुपैयाँ कायम भएको छ।

शुक्रबार छापावाल सुन तोलाको एक लाख तीन हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको एक लाख चार हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

यता चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ।  चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ।  शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.