कालिन्चोक दर्शनको आइपीओ मंगलबारदेखि आउँदै

डिसी नेपाल
१ माघ २०७९ १५:०६
80
Shares

काठमाडौँ। कालिन्चोक दर्शन लिमिटेडको १० लाख ८० हजार कित्ता आइपीओ मंगलबार (माघ ३ गते) देखि बिक्री खुला हुने भएको छ। चोपन्य्ले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन्।

कम्पनीले जारी गर्ने आईपीओमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। जसमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आइपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ। यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा लगानीकर्ताले  माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको समयसम्म आवश्यक अनुसार आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.