इन्फिनिटी लघुवित्तले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
संस्थाले गत आर्थिक वर्षमा नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेकोले आयकर ऐन, २०५८ बमोजिम बोनस सेयरमा लाग्ने छुट सुविधा उपयोग गरी कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको संस्थाले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment