नयाँ सारथी लघुवित्तको लाभांश घोषणा
काठमाडौँ। नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्न प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
कम्पनीले चुक्तापुँजीको १९ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ४५ हजार ९९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३० लाख ३३ हजार ९५३ रुपैयाँ नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment