३१ दिनमा सकियो ‘प्रसाद २’, १ वैशाखमा रिलिज हुने

डिसी नेपाल
२ माघ २०७९ १३:१७
360
Shares

काठमाडौँ। फिल्म ‘प्रसाद २’को इन्डक्ल्याप गरिएको छ। छायांकन सुरुवातको ३१ दिनपछि इन्डक्ल्याप गरिएको हो। सुदर्शन थापा निर्देशित फिल्म कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायांकन गरिएको छ।

एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतको लगानी छ । फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन्।

फिल्ममा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय छ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज शिवाकोटीको संगीत, उत्तम न्यौपानेको ध्वनि तथा पत्रकार सुशील पौडेलको कथा छ । निर्देशक सुदर्शनका अनुसार फिल्म आगामी १ वैशाखमा रिलिज हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.