थाहा पाउनुहोस् आजको मौसम

डिसी नेपाल
३ माघ २०७९ ६:१९
280
Shares

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेमा सामान्य बदली छ, भने तराईमा हुस्सु-कुहिरो रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ।

राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *