मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ २९ पैसा र विक्री मूल्य १३० रुपैयाँ ८९ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८३ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४३ पैसा रहेको थियो।
यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र विक्री दर १४१ रुपैयाँ ६८ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ७३ पैसा र बिक्रीमा ९१ रुपैयाँ १५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र विक्री दर ९९ रुपैयाँ १३ पैसा रहेको छ।
जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ १४ पैसा र विक्रीमा १० रुपैयाँ १९ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४५ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment