रिलिज छेकोमा ‘सरी मम’ को अफर

डिसी नेपाल
४ माघ २०७९ ६:४५
76
Shares

काठमाडौं। लागुऔषध दुर्व्यसनीविरुद्धको कथामा तयार भएको फिल्म ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ। रिलिजको पुर्वसन्ध्यामा निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ।

निर्माण कम्पनी एनएफआई क्रियशनले आमा र छोराको प्रेमलाई बोलेको फिल्मसँग सम्बन्धित हुने गरी टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

आमासँगको तबिस्र अथवा भिडियो टिकटकमा सेयर गरेर ह्यासट्यागसरीमम र ह्यासट्यागएनएफ आइक्रिएसनसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिने घोषणा निर्माण टिमले गरेको छ। निर्माता विनोद लामाले यो अफर माघ महिनाभरलाई ल्याइएको बताए।

फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएको छ। फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताउँछन् ।

उता बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् ।

यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.