सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ बिक्री खुला

डिसी नेपाल
४ माघ २०७९ ९:२७
184
Shares

काठमाडौँ। सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ आज (माघ ४ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्रीमा ल्याएको हो।

कम्पनीले ३३ लाख ३२ हजार ५०० कित्ता आइपिओ आयोजना प्रभावित स्थानीय बासिन्दा र ४ लाख ९९ हजार ८७५ कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ।

स्थानीयहरुको लागि जारी गरेको आइपिओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फत्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिवाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने नेपाली नागरिकलाई ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशतले हुन आउने १९ लाख ९९ हजार ५०० कित्ता आईपीओ जारी गरिएको छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले भने छिटोमा माघ १८ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने फागुन ४ गतेसम्म बिक्री खुला गरिनेछ।

स्थानीयले ताप्लेजुङको फुङलिङस्थित सानिमा बैंक तथा लक्ष्मी बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.