६ सयले सस्तियो सुन, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
४ माघ २०७९ १०:५८
80
Shares

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार रुपैयाँ निर्धारण भएको छ।

यता चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदीको प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.