पाँच कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट, कुनको मूल्य कति पुग्यो ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
बुधबारको कारोबारमा अपर हेवाखोला हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर पब्लिक, हिमालयन उर्जा विकास कम्पनी र ग्रीन भेञ्चरको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी पाँच वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।
अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ ४२ रुपैयाँले बढेर ४ सय ६२ रुपैयाँ र पिपुल्स हाइड्रोपावरको सेयर भाउ २७ रुपैयाँ ७० पैसाले बढेर ३ सय २६ रुपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, बाराही हाइड्रोपावरको सेयर भाउ ३७ रुपैयाँ ८० पैसाले बढेर ४ सय १६ रुपैयाँ, हिमालयन उर्जा विकास कम्पनीको सेयर भाउ ३६ रुपैयाँ ९० पैसाले बढेर ३ सय ६ रुपैयाँ ४० पैसा पुगेको छ।
यता, ग्रीन भेञ्चरको सेयर भाउ ४१ रुपैयाँ ५० पैसाले बढेर ४ सय ५७ रुपैयाँ ३० पैसा पुगेको छ। मार्केट डेपमा यी पाँच कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।







डिसी नेपाल







Facebook Comment