६ वटा विकास बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारवाही, तिर्न लगायो हर्जाना

डिसी नेपाल
४ माघ २०७९ १४:३५
264
Shares

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकमाथि कारवाही गरेको छ। आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि कारबाही गर्दै राष्ट्र बैंकले भारी हर्जाना तिर्न लगाएको हो।

राष्ट्र बैंकले अनिवार्य मौज्दातमा कर्णाली डेभलपमेन्ट बैंक र सालपा विकास बैंकलाई हर्जाना तिराएको छ।  कर्णाली डेभलपमेन्ट बैंकलाई  पहिलोपटक ७०६.६२ रुपैयाँ र दोस्रोपटक ३२ हजार ६९६.०२ रुपैयाँ तथा विपन्न वर्ग कर्जामा १ लाख ५२ हजार ९२९.८८ रुपैयाँ र  सालपा विकास बैंकलाई ३५३.९० रुपैयाँ हर्जाना तिरेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले कर्जा निक्षेप अनुपातमा साउनमा पहिलोपटक र भदौमा दोस्रोपटक जरिवाना तिरेका छन्।

कर्जा निक्षेप अनुपातमा कर्पोरेट डेभलपमेन्ट बैंकले साउनमा २० लाख १३ हजार ३ रुपैयाँ ३५ पैसा र भदौमा २३ लाख १४ हजार ४९३ रुपैयाँ ७२ पैसा, सिन्धु विकास बैंकले साउनमा १ लाख २६ हजार ३८४.५७ रुपैयाँ र भदौमा १६ लाख ९९ हजार १५१.३७ रुपैयाँ जरिवाना तिरेका छन्।

यस्तै, नारायणी डेभलपमेन्ट बैंकले साउनमा ४ लाख ६३ हजार ७९४ रुपैयाँ १७ पैसा र भदौमा ५ लाख १६ हजार ३०७ रुपैयाँ ९८ पैसा र  सप्तकोशी डेभलपमेन्ट बैंकले साउनमा २१ लाख ८० हजार ६६३.१९ रुपैयाँ र भदौ २८ लाख ९७ हजार ३५४ रुपैयाँ ६१ पैसा जरिवाना राष्ट्र बैंकलाई तिरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.