९.०१ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ९२ करोडमाथिको कारोबार
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले बढेर ४१३.९० बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा रिडी पावर कम्पनी अग्रिम स्थानमा छ। यसको आज ३५ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा अपि पावर कम्पनी र नेसनल हाइड्रो पावर कम्पनीको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमाअपर पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर पब्लिक, हिमालयन उर्जा विकास कम्पनी र ग्रीन भेञ्चरको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्यधिक लाभांश कमाएका छन्। यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेसन रसिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment