फेरि रिलिज हुँदै ‘द कश्मीर फाइल्स’
मुम्बई। सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल फिल्म ‘द कश्मीर फाइल्स’ पुनः रिलिज हुने भएको छ। फिल्म शुक्रबारबाट रिलिज हुन लागेको हो।
११ मार्च, २०२२ मा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो। व्यापारसँगै फिल्म सन् २०२२ को सर्वाधिक हिट फिल्मको सूचीमा परेको थियो। फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले ट्वीटर हेण्डलमा फिल्मको रि-रिलिज गर्ने घोषणा गरेका छन्।
‘द कश्मीर फाइल्स १९ जनवरीमा कश्मीरी हिन्दु नरसंहार दिवसमा पुनः रिलिज हुँदैछ। बलिउडमा एक वर्षमा कुनै फिल्म दुई पटक रिलिज भएको सम्भवत यो नै पहिलो हुनसक्छ’, उनले ट्वीट गरेका छन्।
फिल्मका अभिनेता अनुपम खेरले पनि रि-रिलिजको पुष्टि गरेका छन्। ‘सायद पहिलोपटक यस्तो हुँदैछ कि कुनै फिल्म एकै वर्षभित्र दोस्रो पटक रिलिज हुन लागेको छ।
फिल्म ‘द कश्मीर फाइल्स’ एकपटक पुनः रिलिज हुँदैछ। कश्मीरमा भएको कश्मीरी पण्डितको नरसंहारलाई समर्पण गर्नका लागि फिल्म हेरिदिनुहोला’, अनुपमले ट्वीट गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment