बिहिबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
५ माघ २०७९ ९:१७
124
Shares

काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ६९ पैसा र विक्री मूल्य १३० रुपैयाँ २९ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५२ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १२ पैसा रहेको थियो।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र विक्री दर १४१ रुपैयाँ ५३ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९१ रुपैयाँ १० पैसा र बिक्रीमा ९१ रुपैयाँ ५२ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ५४ पैसा र विक्री दर ९९ रुपैयाँ रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०२ पैसा र विक्रीमा १० रुपैयाँ ०६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.