एकै दिन ४ अर्बले घट्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

डिसी नेपाल
५ माघ २०७९ ९:४२
120
Shares

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ४ अर्बले घटेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार ३ माघसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। २ माघसम्म बैंकहरूको निक्षेप ५३ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप १ अर्बले घटेर ४७ खर्ब १५ अर्बमा झरेको छ। २ माघसम्म वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब १६ अर्ब रहेको थियो। यता, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी भने बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी २ अर्बले घटेर ४८ खर्ब १७ अर्बमा सिमित भएको छ। २ माघसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४८ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य बैंकहरूको पनि कर्जा लगानी १ अर्बले घटेर ४२ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ।

यता, बैंकहरूको निक्षेप संकलन घट्दा सिडी रेसियो बढेको छ। बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.०४ प्रतिशतबाट बढेर ८६.६४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.