‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
५ माघ २०७९ ९:५०
172
Shares

काठमाडौँ। अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेका छन्। यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने सङ्गीत गायक गैरेकै छ। गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका छन्।

‘चाहिँदैन भो पैसा थुप्रो नी, दरबारै लाग्छ यो सानो झुप्रो नी’, ‘बोकौँला भारी ढाडैमा, तिमी चाहिँ हुनु आडैमा, मेटौँला बरु भोकपनि एक छाक माडैमा’, ‘निदाउँला तिम्रो काखैमा, नराख पाखैमा, कटाउँला बरु रात हेरेर आँखैमा’, ‘नजाऊ छोड परदेश, जो छ खाउँला स्वदेशमा’ लगायत गीत म्युजिक भिडियोमा समावेश गरिएका छन्।

म्युजिक भिडियोमा दुई युवा दम्पतीको जीवन सङ्घर्षलाई प्रस्तुत गरिएको छ। श्रीमान्लाई स्वदेशमै छोडेर श्रीमती वैदेशिक रोजगारका लागि जान तयार भएपछिको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ। भिडियोमा बिना राउत र सरोज प्रजाको बेजोडको अभिनय हेर्न सकिन्छ। फराज अर्पणले छायाङ्कन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *