लक्ष्मी लघुवित्तको लाभांश घोषणा
काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ८ हजार १०० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ९२ लाख २ हजार ७०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment