किसानका पीडामा मलम लगाउने गरी काम गर्नेछुः कृषिमन्त्री साह (भिडियो)
काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छिन्। बिहीबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री साहले आफु स्वयं किसानको छोरी भएको र आम किसानका मर्म र पीडा थाहा भएको भन्दै किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उनले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिएकी हुन्। साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको बताएकी छिन् । कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम गर्नुपर्ने पनि कृषिमन्त्री साहले बताएकी हुन् ।
हेर्नुहोस् भिडियो:
No ads found for this position

डिसी नेपाल
Facebook Comment