प्रेममा असफल भएपछि एक युवकले गरे आत्मदाहको प्रयास
काठमाडौं । प्रेममा असफल भएपछि एक युवकले आत्मदाहको प्रयास भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार बिहीबार बिहान ११ः५५ मा सुन्धरास्थित सिभिल मलको भुइँतलामा २९ वर्षीय बिसन गुरुङले शरीरमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
उनी केही महिनादेखि एक युवतीसँग प्रेममा रहेको तर उनले असफल भएपछि आत्मदाहको प्रयास गरेका छन् । युवती मलस्थित सपिङ सेन्टरमा काम गर्ने तर अस्वाभाविक व्यवहार देखाएपछि युवती गुरुङसँग टाढा हुने कोसिसमा बसेपछि यस क्रममा गुरुङले युवतीलाई नियमित पछ्याउने, टेलिफोन गर्ने, धम्क्याउनेलगायतका गतिविधि गर्दै तर उनले वास्ता नगर्ने क्रम बढेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बिहीबार बिहान बोतलमा पेट्रोल लिएर मल पुगेका गुरुङले युवतीले भेट्न नमानेपछि उनी सरासर मलको भुइँतलामा पुगे र बोतलको पेट्रोल शरीरमा खन्याई आगो लगाएको र उनलाई त्यहाँका सुरक्षा गार्डले उद्धार गरेका थिए ।
मलको भुइँतलामा आगोमा दन्किरहेको युवक देखेपछि सुरक्षा गार्ड उद्धारमा खटिएका थिए। उनलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो । ट्रमामा उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर मोडेल अस्पतालमा रिफर गरिएको थियो । प्रहरीका अनुुसार उनको शरीर तथा अनुहारका विभिन्न भाग जलेका छन् ।







डिसी नेपाल







Facebook Comment