आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्दै
काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २० हजार ३३८ कित्ता आईपीओ माघ १६ गतेदेखि जारी गर्ने भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० लाख ३३ हजार ८ सय रुपैयाँबराबरको आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गर्न लागेको हो।
उक्त आईपीओ संस्थाले सर्बसाधारणको लागि छुत्याइएको २.६२५ प्रतिशतले हुन आउने कुल २ लाख ३ हजार ३८० कित्तामा १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको हो ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटले गर्ने छ। यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका आवेदन दिन पाउने छन्। यस आइपिओमा लगानीकर्ताले फागुन १ गतेसम्म आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment