शाहरुखको ‘पठान’ सुपरहिट हुनसक्ने यी पाँच कारण
मुम्बई। अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ। जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ।
फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो। गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लाग्यो । यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । यहाँ फिल्मका पाँच किस्सा प्रस्तुत छ, जसलाई फिल्म सुपरहिट हुने आधार मानिएको छ।
शाहरुख खानको लुक्स
फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ। उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन्। यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन्।
कलाकारलाई तालिम
फिल्मका लागि बलिउड कलाकारलाई निकै कडा तालिम दिइएको थियो। फिल्मका लागि उनीहरूले हिउँमा बाइक चलाउने र कुदिरहेको रेलमाथि हिँड्ने जस्ता तालिम दिइएको थियो। उनीहरुले कडा मेहनत गरेर लिएको तालिमलाई सुटिङमा पनि त्यसरी नै पूरा गरेका थिए।
दीपिका पादुकोणको एक्सन
फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन हेर्न पाउँछन्। फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ।
प्रि-प्रोडक्सन
फिल्मको प्रि-प्रोडक्सनमा निकै समय लागेको थियो। अर्थात झन्डै दुई वर्ष निर्माण युनिटले प्री प्रोडक्सनमै समय बितायो। यसका लागि उनीहरूले विश्वभरका विभिन्न स्थानको चक्कर काटे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment