जेरार्डको घर छेउमा साकिराले लगाइन् पर्खाल
लसएन्जल्स। पतिसँग अलग्गिएपछि ऊसँगको सम्बन्धलाई सदाका लागि बिर्सन पत्नीले कतिसम्म काम गर्छन् भन्ने उदाहरण कोलम्बियन गायिका साकिरालाई हेरे पुग्छ। साकिराले पूर्वपति जेरार्ड पिकेसँग अलग्गिएपछि अहिले जेरार्डकी आमा मोन्टसेराट बर्नाबेउसँग समेत टुटाउन अनौठो उपाय अपनाएकी छन्।
मोन्टसेराट बस्ने घर र साकिरा बस्ने सँगै छ। सोहीकारण दुवै परिवारबीचको बोलचाल र सम्बन्धलाई पूर्णविराम लगाउनका लागि साकिराले दुवै घरको बीच भागमा पर्खाल निर्माण गर्न थालेकी छन्।
‘वाका वाका’ गायिकाको स्पेनमा रहेको घरको केही क्षेत्र उनको पूर्व परिवारको घरसँग जोडिएको छ। त्यसकारण साकिरा पिकेसँग अलग भएपछि पिकेसँग जोडिएका हरेक कुराबाट अलग हुन चाहेकी छन्।
हालैमात्र एक टेलिभिजनले बार्सिलोनामा रहेको साकिराको घर अगाडि सिमेन्टको मिश्रण गर्ने गाडीसहितको सामग्री फेला पारेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment