कालिञ्चोक दर्शनको १० लाख ८० हजार कित्ता आईपीओ भर्ने आज अन्तिम मौका

डिसी नेपाल
६ माघ २०७९ ११:११
32
Shares

काठमाडौँ। कालिञ्चोक दर्शन लिमिटेडको १० लाख ८० हजार कित्ता आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिङ्ग समयसम्म उक्त आईपीओमा आवेदन दिन पाउने छन्।

कम्पनीले माघ ३ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड ८० लाख रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी गरेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने, बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.