माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब २ करोड रुपैयाँ

डिसी नेपाल
८ माघ २०७९ १०:१९
64
Shares

काठमाडौँ। माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ अर्ब २ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा १.४३ प्रतिशतले बढेको छ।  गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २४.२० प्रतिशत र १.५४ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब २४ करोड रुपैयाँमा सीमित थियो। यस्तै, सञ्चालन नाफा १ अर्ब ४५ करोड रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुर्याएको छ।

यो दोस्रो त्रैमाससम्म बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको चुक्तापुँजी १० अर्ब २६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १४.९४ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ३ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।

समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ। बैंकको सीडी रेसियो ८५.१८ प्रतिशत, आधार दर ११.२३ प्रतिशत, पीई रेसियो १२.४८ गुणा र तरलता अनुपात २३.०५ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.९९ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १९.७१ रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.