सुनको मूल्य घट्यो, चाँदी स्थिर
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर शुक्रबार कै मूल्यमा कारोबार भईरहेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment