रोजेको मन्त्रालय नपाएको भन्दै पदभार नगरेका मन्त्री खानले उद्योग मन्त्रालय पाउने!
काठमाडौं। प्रधानमन्त्रीसँगै शपथ खाएर मन्त्रालय भागवण्डामा चित्त नबुझेपछि पदभार ग्रहण नगरेका मन्त्री अब्दुल खानले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
सत्ता गठबन्धनको शीर्ष नेतृत्वले उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले जानकारी दियो।
मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिइएको थियो तर पार्टीले यसमा असन्तुष्टी जनाएको छ। जनमत पार्टीको तर्फबाट मन्त्री बनाइएका अब्दुल खानले खानेपाली मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्टि जनाउँदै कार्यभार सम्हाल्न गएनन्।
जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय मागेको थोयो तर यो मन्त्रालय एमालेले लिएको छ। एमालेले सो मन्त्रालयमा दामोदर भण्डारीलाई पठाएको थियो।
जनमत पार्टीले उद्योग वा कृषि मन्त्रालयमा अडान राखेर दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment