सेयर बजार १३.७१ अंकले घट्यो, ३ अर्ब ८६ करोडमाथिको कारोबार

डिसी नेपाल
९ माघ २०७९ १५:१९
56
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ अङ्कले बढेर ४१३.०१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा कुमारी बैंक अग्रिम स्थानमा छ। यसको आज २० करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र रिडी पावरको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये बैंकिङ्ग र म्युचुअल फण्ड उपसूचकबाहेक सबै उपसुचक घटेको छ। आजको कारोबारमा आदर्श लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जीका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.