परराष्ट्र मन्त्री डा. पौडेलसँग प्रवासी नेपाली मञ्चकाे अन्तरक्रिया

डिसी नेपाल
११ माघ २०७९ १०:१०

काठमाडाैं। प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको सचिवालयले परराष्ट्र मन्त्री डा. विमला पौडेलसँग विभिन्न विषयमा छलफल गरेको छ। मंगलबार मञ्चले जुममार्फत परराष्ट्र मन्त्री पौडेलसँग विभिन्न समस्याको बारेमा छलफल गरेको हो।

छलफलमा माल्टाबाट युके आउन भिसामा देखिएको समस्या समाधान गर्न माल्टलाई स्पेनवाटको दूतावासवाट हेर्ने प्रवन्ध मिलाउने,पोर्चुगलका नेपालीलाई पासपोर्टमा देखिएको समस्या छिटो व्यवस्थापन गर्न माग गरिएकाे थियाे।

यसैगरी बेलायतमा रहेका गोर्खाहरूको समस्या समाधान गरिनुपर्ने, अमेरिकाको टेक्सासमा राजदूतावासका कर्मचारीको लापरबाहीको कारण झन्डै २ लाख भन्दा वडी मनिअडर/चेक लुटिएको र सेवाग्राहीले सेवा नपाएकोमा तुरून्त सेवाग्राहीले सेवा पाउनु पर्ने र टेक्सास र क्यालिफोर्नियामा कन्सुलेट अफिस राखिनु पर्ने ,प्रवासवाट नेपाली नागरिकले मतदान गर्न पाउनु पर्ने, सन्सारका सबै नेपाली दूतावासहरूमा प्रवेश गर्दा आफ्नै घरमा रहेको महसुस प्रवासी नेपालीहरूले महसूस गर्न पाउने वातावरण निर्माण गरि सेवा सुविधा छिटो गराउनु पर्ने लगायतका विषयहरूमा छलफल भएकाे थियाे।

प्रवासमा नेपालीले भाेग्नु परेका समस्याहरूको छिटो समाधान गर्न मञ्चले आग्रह गरेको छ।

कार्यक्रममा परराष्ट्र मन्त्री पौडेलले नीतिगत निर्णय गराउन बाहेक अन्य कुराको यथासक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्। उक्त बैठकमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीको अध्यक्ष सन्जय थापा, सल्लाहकार परिषद अध्यक्ष भक्त गुरूड,सचिव हेम शेर्पा, उपसचिव चानक पोख्रेल र सचिवालय सदस्यहरू प्रभुराम थापा,भक्त गुरूङ, भक्त वाग्ले र कमलमणि गुरागाहीको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *