अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१२ माघ २०७९ ९:०७
120
Shares

काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ २५ पैसा र विक्री मूल्य १३० रुपैयाँ ८५ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ४६ पैसा र विक्री मूल्य १३१ रुपैयाँ ०६ पैसा कायम रहेको थियो।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्री दर १४२ रुपैयाँ ३५ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९२ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८३ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ९५ पैसा र विक्री दर ९९ रुपैयाँ ४१ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०३ पैसा र विक्रीमा १० रुपैयाँ ०८ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.