चलचित्र ‘गुलावी’को पहिलो पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’को पहिलो पोस्टर सार्वजनिक भएको छ।
महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार सिनेमामा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भुमिकामा देखिएका छन्। सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भिर भएको देख्न सकिन्छ। नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यस सिनेमाका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन।
निकट भबिस्यमै रिलिज हुने सिनेमामा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन भने अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकार पनि यस सिनेमा देख्न सकिन्छ।
द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन भने संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment