स्वाभिमान लघुवित्तले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१२ माघ २०७९ १२:५६
52
Shares

काठमाडौँ। स्वाभिमान लघुवित्त वित्तीय संस्था आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

संस्थाले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशतले हुन आउने २ करोड ४३ लाख ५६ हजार ४३० रुपैयाँ बराबरको बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने १२ लाख ८१ हजार ९१७. ३७ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.