तीन कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट

डिसी नेपाल
१२ माघ २०७९ १३:५०
240
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

बिहिबारको कारोबारमा लुम्बिनी जनरल इन्स्योरेन्स, सुर्योज्योती इन्स्योरेन्स र बाराही हाइड्रोपावर पब्लिकको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीन वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर भाउ ३८ रुपैयाँ २० पैसाले बढेर ४ सय २० रुपैयाँ २० पैसा र सुर्योज्योती इन्स्योरेन्सको सेयर भाउ ४० रुपैयाँ ८० पैसाले बढेर ४ सय ४४९ रुपैयाँ ५० पैसा पुगेको छ।

यस्तै, बाराही हाइड्रोपावरको सेयर भाउ ४४ रुपैयाँ २० पैसाले बढेर ४ सय ८६ रुपैयाँ २० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.