यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१३ माघ २०७९ ९:०४
212
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ २५ पैसा र विक्री मूल्य १३० रुपैयाँ ८५ पैसा तोकिएको छ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ९५ पैसा र विक्री दर १४२ रुपैयाँ ६१ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९२ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९३ रुपैयाँ ०२ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा, सिंगापुरे डलर एकको खरिददर ९९ रुपैयाँ २४ पैसा र विक्री दर ९९ रुपैयाँ ७० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०३ पैसा र विक्रीमा १० रुपैयाँ ०८ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.