मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौँ। मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैको लागि आइपिओ जारी गर्न अनुमति माग गरेको हो।
कम्पनीले १४ लाख ९६ हजार ८०० कित्ता आइपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १४ करोड ९६ लाख ८० हजार रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो। यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment