धनकुटा महोत्सवबाट करोडौँको व्यापार

डिसी नेपाल
१६ माघ २०७९ २३:३७
44
Shares

धनकुटा। रु सात करोडको कारोबार गर्दै पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा एभोकाडो महोत्सव सकिएको छ।

उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको महोत्सवको धनकुटा प्रदेश नं ‘१’ का प्रदेशसभा सदस्य नीरन राईले आज समापन गरेका छन्।

आजसम्म चल्ने उक्त महोत्सव थप दुई दिन समय थप्ने तयारी भए पनि १४ गते राति गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आउने भीडले किचेर ३० जना घाइते भएपछि महोत्सवको आज विधिवत् रूपमा समापन गरिएको हो।

एक सय ८० स्टल रहेको महोत्सवमा रु सात करोड बराबरको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *