बाइडेनले चिनियाँ ‘जासूस बेलुन’ खसालेका एफ-२२ जेटका पाइलटलाई बधाई दिए
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण क्यारोलिनाको एट्लान्टिक तट नजिकै अमेरिकी एफ-२२ लडाकु विमानले चिनियाँ ‘जासूस बेलुन’ खसालेपछि पाइलटहरूलाई बधाई दिएका छन्।
यसअघि एफ-२२ लडाकु विमानका पाइलटहरूले एआइएम-९एक्स साइडवाइडर मिसाइलले यो बेलुनलाई निशाना बनाएका थिए।
बाइडेन प्रशासनका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन् कि बेलुन खसालेपछि अमेरिकाले चीनसँग सीधा कुरा गरेको छ।
बेलुन खसाल्ने यो कार्य राष्ट्रपति जो बाइडेनको आदेशमा गरिएको हो। पछि एक सैनिक अधिकारीले पत्रकारलाई बेलुन तल ल्याउने प्रक्रियाबारे जानकारी गराएका थिए ।
अमेरिकी रक्षा मन्त्रालयले बेलुनको भग्नावशेषबाट तलका मानिसलाई कुनै हानि नहोस् भनी बेलुन समुद्रको माथिसम्म पुग्नको लागि पर्खिरहेको बताएको छ ।
अमेरिकी सेनाले अहिले समुन्द्रमा फैलिएको बेलुनको भग्नावशेषको खोजी गरिरहेको छ । यो अवशेष समुद्रमा करिब ११ किलोमिटरसम्म फैलिएको बताइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment