सुदूरपश्चिम सरकारका मुख्यमन्त्रीले २५ माघमा विश्वासको मत लिने

डिसी नेपाल
२३ माघ २०७९ ७:४६
24
Shares

काठमाडौं। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन्। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पूर्ववत् अडानवाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन्।

नागरिक उन्मुक्ति पार्टीले आफूहरुको माग पूरा नभएसम्म विश्वासको मत नदिने अडान राखेपछि नियुक्त भएको लामो समयसम्म पनि मुख्यमन्त्री रावलले विश्वासको मत लिन सकेका थिएनन्।

उनी काठमाडौं आएर शीर्ष नेताहरुसँग छलफल गरेर विश्वासको मत प्राप्त पर्ने वातावरण बनाउन सक्रिय थिए। तर अब नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिन तयार भएको भन्दै मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरेका हुन्।

यो सँगै विश्वासको मत लिने वा नलिने अन्योल हटेको उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.