यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२३ माघ २०७९ ९:०२
524
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ।

युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ०२ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६६ पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १५७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रूपैयाँ १८ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रूपैयाँ ४२ पैसा र बिक्रीमा ९० रूपैयाँ ८४ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ९७ पैसा पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३० रूपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३४८ रूपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.