सुपर माई हाइड्रोपावरको आईपीओ बिक्री खुला, कहाँ जाने भर्न ?
काठमाडौँ। सुपर माई हाइड्रोपावरले सर्वसाधारणका लागि आज माघ २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको ५ लाख कित्ता आईपीओ जारी गरिएको छ। जारी भएको आईपीओमध्ये १० प्रतिशतले हुन आउने ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ।
अब बाँकी रहेको ४ लाख ५० हजार कित्ता आईपीओ मध्ये ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको छ। भने बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन पाउने आवेदन दिन पाउनेछन्।
यस आईपीओमा लगानीकर्ताले माघ २६ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा लगानीकर्ताले फागुन ८ गतेसम्म आवेदन दिन पाउने छन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment