बालुवाटारमा प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल जारी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल सुरु भएको छ।

केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो। छलफलमा कानुनमन्त्री, मुख्यसचिव, कानुन सचिवलगायतकाे सहभागिता छ।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment