एमाले केन्द्रीय कमिटी बैठक स्थगित

डिसी नेपाल
२३ माघ २०७९ १८:२८
36
Shares

काठमाडौं । नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।

नेकपा एमालेको यहीँ माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख  विष्णु रिजालले जानकारी दिए ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ । बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनीक सुदृढीकरणबारे  छलफल हुने रिजालको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.