बागमतीकी सांसद लक्ष्मी घिमिरे भन्छिन्- सांसद भएपछि प्रदेशको औचित्य झन् देखिनँ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद लक्ष्मी घिमिरेले प्रदेश संरचना र संघीयताको औचित्य नभएको बताएकी छिन् ।
सो पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी घिमिरेले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘हिजो पनि प्रदेशको काम छैन भन्ने नै लाग्थ्यो, आज म आफैँ प्रदेश सांसद भइसकेपछी झन् प्रदेशको कुनै औचित्य छैन भन्ने कुरामा स्पष्ट हुँदै छु।’
सो पार्टीबाट बागती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले अगाडि लेखेकी छिन्, ‘हामी हरेक पटकको बैठकमा संघीयता खारेजीको माग गर्छौं। संघीयता देश र जनताको लागि बोझ भइसकेको छ ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment