बागमतीकी सांसद लक्ष्मी घिमिरे भन्छिन्- सांसद भएपछि प्रदेशको औचित्य झन् देखिनँ

डिसी नेपाल
२४ माघ २०७९ १३:३४
80
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद लक्ष्मी घिमिरेले प्रदेश संरचना र संघीयताको औचित्य नभएको बताएकी छिन् ।

सो पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी घिमिरेले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘हिजो पनि प्रदेशको काम छैन भन्ने नै लाग्थ्यो, आज म आफैँ प्रदेश सांसद भइसकेपछी झन् प्रदेशको कुनै औचित्य छैन भन्ने कुरामा स्पष्ट हुँदै छु।’

सो पार्टीबाट बागती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले अगाडि लेखेकी छिन्, ‘हामी हरेक पटकको बैठकमा संघीयता खारेजीको माग गर्छौं। संघीयता देश र जनताको लागि बोझ भइसकेको छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *